शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आज ट्होंटे पर्व, कास्कीका ३ पालिकाले दिए सार्वजनिक बिदा

मङ्गलबार, २७ साउन २०८२, १० : २६
मङ्गलबार, २७ साउन २०८२

सारांश

  • गुरुङ समुदायले ट्होंटे पर्व आज धूमधामका साथ मनाउँदैछन्।
  • कास्कीका तीन गाउँपालिकाले ट्होंटेको अवसरमा सार्वजनिक बिदा दिएका छन्।
  • यो पर्व गुरुङ समुदायले प्राकृतिक प्रकोपबाट बचाउन मनाउने गर्छन्।

पोखरा । गुरुङ (तमु) समुदायको मौलिक सांस्कृतिक पर्व ‘ट्होंटे’ आज धूमधामले मनाइदैछ । ट्होंटेको अवसरमा कास्कीका तीन वटा गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । 

अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकाले स्थानीय बिदा दिने निर्णय गरेका हुन् । तीनवटै पालिकाले आफ्नो पालिका क्षेत्रभित्रका सरकारी कार्यालय तथा संस्थाहरू बन्द रहने जानकारी दिएका छन् । 

ट्होंटे गुरुङ समुदायले प्राकृतिक प्रकोप, महामारी र अनिष्टबाट गाउँ बस्तीलाई बचाउनका लागि मनाउने गर्छन् । हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार ट्होंटे मनाउने चलन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप