कैलाली कारागार घटना
कैलाली कारागार घटनाबारे छलफल गर्न कानुन समितिले बोलायो गृहमन्त्री
मङ्गलबार, २७ साउन २०८२, १४ : ४५
सारांश
- कैलाली कारागारमा भएको झडपमा एक जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाइएको छ।
- कारागारमा कैदीबन्दीका दुई समूहबीचको झडपमा भरत चौधरीको मृत्यु भएको थियो, भने ४८ जना घाइते भएका थिए।
- समितिले साउन २३ गतेको घटना, यसका असर र समाधानका उपायबारे छलफल गर्ने कार्यसूची राखेको छ।
काठमाडौँ । कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु भएको घटनाबारे छलफल गर्न प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ ।
बुधबार बिहान १० बजे बस्ने बैठकमा गृहमन्त्री लेखकलाई बोलाइएको हो । कारागारमा कैदीबन्दीको दुई समूहबिच भएको झडपमा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४८ जना घाइते भएका थिए ।
समितिको सिंहदरबारस्थित सचिवालयमा बस्ने बैठकमा कैलाली कारागारमा मिति २०८२ साउन २३ गते घटेको घटना, सोको प्रभाव र समस्या समाधानका उपायहरू’बारे छलफल गर्ने कार्यसूची राख्दै छलफलका लागि गृहमन्त्री लेखकलाई समेत बोलाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण