पार्टी एकताको आधार बनाउन माओवादी र एकीकृत समाजवादीबिच छलफल
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूबिच पार्टी एकताको आधार तय गर्ने विषयमा छलफल भएको छ ।
माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार भएको छलफलमा पार्टी एकताको वैचारिक र सैद्धान्तिक आधारबारे छलफल भएको नेताहरूले दाबी गरेका छन् ।
पछिल्लो समय एकताको विषयमा दुई दलका नेताहरू निरन्तर छलफलमा जुटेका छन् । आजको बैठकमा एकताको वैचारिक, सैद्धान्तिक आधारबाट छलफल हुनुको साथै दुवै पक्षले ग्राउन्ड रिपोर्टिङ भएको माओवादीका सचिव देवेन्द्र पौडेलले बताए । तर पार्टी एकताको विषयमा ठोस निष्कर्षमा नपुगेको उनले जिकिर गरे ।
‘हामी समाजवादी मोर्चामा आबद्ध रहेका दलहरू भएकाले मोर्चाको भावी गतिविधि, पार्टी एकताको वैचारिक र सैद्धान्तिक आधारबारे छलफल भयो । दुवै पक्षले आपसी सम्बन्ध, सङ्गठन विस्तार लगायत विषयमा रिपोर्टिङ गरेका छन् । अहिले नै वा भोलि नै एकता गर्ने गरी ठोस निष्कर्षमा पुगेका छैनौँ’, उनले भने ।
पार्टी एकताका लागि दुवै पार्टीले प्रदेशस्तरमा छलफल भइरहेको नेताहरूले बताएका छन् । छलफलमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिव दिनानाथ शर्मा, सचिव देवेन्द्र पौडेल लगायत नेताहरू सहभागी भएका थिए ।
एकीकृत समाजवादीबाट वरिष्ठ नेता डा.बेदुराम भुसाल, प्रमेश हमाल लगायत नेताहरू सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण