सडक दुर्घटना न्यूनीकरण सबैको साझा सरोकार : मुख्यमन्त्री आचार्य
सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनीकरण साझा चिन्ताको विषय बन्नुपर्ने बताए।
- उनले दुर्घटनाका कारण पहिचान गरी समाधानका उपाय तत्काल लागू गर्नुपर्नेमा जोड दिए।
- मन्त्री र अन्य अधिकारीहरूले सडक सुरक्षा सुधारका लागि विभिन्न उपायहरूमा जोड दिए।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनीकरणको विषय अब साझा चिन्ताको एजेन्डा बन्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सडक सुरक्षा परिषद्ले प्रदेश तथा स्थानीय तहमा सडक सुरक्षामा सरोकार राख्ने निकायहरूको भूमिका बढाउने र आगामी योजनामा प्राथमिकता दिने उद्देश्यले दाङकाे लमहीमा मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुर्घटनासँग जोडिएका कारणहरू पहिचान गरेर समाधानका उपाय तत्काल लागू गर्नुपर्नेमा जोड दिएका हुन्।
मुख्यमन्त्री आचार्यले सडक निर्माणका मापदण्ड पूर्ण रूपमा कार्यान्वयन, रुट परमिट दिनु अघि सवारीसाधनको प्राविधिक अवस्था जाँच, ट्राफिक नियमको कडाइका साथ पालना र मानवीय लापरबाही नियन्त्रण सडक सुरक्षा सुधारका आधारभूत कामहरू अनिवार्य रूपमा गर्नुपर्ने बताए ।
उनले लागू औषध र मदिरा सेवन गरेर सवारी चलाउने, चाडपर्वमा सडक छेक्ने, डोरी टाँगेर यातायात अवरुद्ध गर्ने जस्ता व्यवहार दुर्घटनाका कारण भएको भन्दै यसलाई रोक्न जनचेतना अभियान आवश्यक भएको उल्लेख गरेका छन् ।
सो अवसरमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले दुर्घटनाका कारण पहिचान गरी समाधानका योजना बनाइनु जरुरी रहेको बताए ।
प्रमुख सचिव बाबुराम अधिकारीले सडकको अवस्था सुधारदेखि चालकलाई जिम्मेवार बनाउन र जनचेतना अभिवृद्धिलाई अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राखे । ।
उद्घाटन कार्यक्रम सिनियर डिभिजनल इञ्जिनियर शंकर सिंह धामीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सुभ खनालले गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
-
पर्यटकलाई लोभ्याउँदै वनस्पति उद्यान
-
उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण