अदालत
मुकुल ढकालले दायर गरेको रिट सर्वाेच्चद्वारा खारेज
मङ्गलबार, २७ साउन २०८२, १७ : ५४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिट खारेज गरिएको छ । साविककै जिम्मेवारीमा फर्कन माग गर्दै दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ ।
ढकालले अदालतमा पेस गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिइएको थियो । निर्वाचन आयोगको पत्रको आधारमा ढकाल अदालत गएका थिए ।
ढकालले रास्वपाको महामन्त्री आफू रहेको र सोही हैसियतमा काम गर्न पाउनुपर्ने दाबी गर्दै गत असार ११ गते सर्वोच्चमा रिट दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण