बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
मङ्गलबार, २७ साउन २०८२, १८ : २१
काठमाडौँ । बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–८ घर भएर ललितपुर बस्ने प्रदेश विक्रम थाम्सुहाङ छन् ।
३८ वर्षीय थाम्सुहाङलाई काठमाडौँको थापाथलीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
३ लाख रुपैयाँ बिगो भएको बैंकिङ कसुर मुद्दामा उनी विरुद्ध मोरङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
प्रतिवादीलाई सोमबार पक्राउ गरेर थप अनुसन्धान र कारबाहीको लागी मोरङ पठाइएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्धको रिटमा असार ३० मा फैसला
-
अस्ट्रेलियामा किशोर उमेरलाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने योजना असफल
-
जनकपुरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमन तीव्र
-
अशोक यादवमाथिको प्रहरी व्यवहारप्रति नेकपाको आपत्ति
-
ट्रम्पले जस्तो व्यावहार देखाए पनि मेलोनीले मुस्कानसहित अभिवादन गर्ने
-
बङ्गलादेशमा पहिरोमा ९ जनाको मृत्यु, रोहिङ्ग्या शरणार्थी शिविरमा ८ जनाको ज्यान गयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण