नापी कार्यालय प्रमुखलाई मोसो छ्याप्न खोज्ने एक जना पक्राउ
मङ्गलबार, २७ साउन २०८२, १८ : ३६
काठमाडौँ । चितवनको खैरहनीका नापी कार्यालय प्रमुखलाई मोसो छ्याप्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
खैरहनी नगरपालिका स्थित नापी कार्यालयका प्रमुख शालिग्राम पौडेललाई मंगलबार दुई जनाले मोसो छ्याप्ने प्रयास गरेका हुन् । तर, कर्मचारीले छेकेपछि मोसो छ्याप्न नपाएको चितवनका एसपी गोविन्द पुरीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा नेकपा (बहुमत)का जिल्ला सेक्रेटरी छन् । कार्यालय प्रमुखसँग काम छ भन्दै गएका दुई जनाले मोसो छ्याप्ने प्रयास गरेका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको एसपी पुरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्धको रिटमा असार ३० मा फैसला
-
अस्ट्रेलियामा किशोर उमेरलाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने योजना असफल
-
जनकपुरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमन तीव्र
-
अशोक यादवमाथिको प्रहरी व्यवहारप्रति नेकपाको आपत्ति
-
ट्रम्पले जस्तो व्यावहार देखाए पनि मेलोनीले मुस्कानसहित अभिवादन गर्ने
-
बङ्गलादेशमा पहिरोमा ९ जनाको मृत्यु, रोहिङ्ग्या शरणार्थी शिविरमा ८ जनाको ज्यान गयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण