वायुसेवा निगमको प्रष्टीकरण– कार्यकारी अध्यक्षको विषयलाई गलत तरिकाले व्याख्या गरियो
काठमाडौँ । नेपाल वायुसेवा निगमले हङकङमा कार्यकारी अध्यक्ष युवराज अधिकारीको सहभागिताको सम्बन्धमा गलत तरिकाले व्याख्या गरिएको आरोप लगाएको छ । प्रवक्ताद्वय सुभाष डाँगी र मनोज कुमार साहद्वारा मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष अधिकारीले अन्यत्र निगमको उडान कटाएर कार्यकारी अध्यक्षलाई लिएर निगमको जहाज हङकङ गएको केही सञ्चार माध्यमले उल्लेख गरेका थिए ।
तर, टोली पूर्वनिर्धारित निगमको कार्यक्रममा गएका बेला हङकङस्थित नेपाली साहित्यानुरागीहरुले बिदाको दिन आयोजना गरेको कार्यक्रममा कार्यकारी अध्यक्ष अधिकारी सहभागी भएको निगमले जनाएको प्रष्ट पारेको छ ।
साथै कार्यकारी अध्यक्ष अधिकारी सहितको टोली नियमित उडान मार्फत स्वदेश फर्किएको र त्यही दिन दम्मामको उडान भने विमान बिग्रिएकाले स्थगित गर्नुपरेको पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ।
उक्त भ्रमणका क्रममा निगमले हङकङमा बसेर नेपाली समुदाय, व्यवसायी तथा यात्रुलाई राष्ट्रिय ध्वजावाहक विमान प्रयोग गर्न आग्रह जनाइएको छ । निगमका कार्यकारी अध्यक्ष अधिकारीको नेतृत्वमा बजार निर्देशक टंकनिधि दाहाल, वरिष्ठ विमान चालक विजय लामा लगायतको टोलीले हङकङस्थित संस्थागत प्रतिनिधि, व्यवसायी र यात्रुसँग भेटघाट गरी निगमको सेवाप्रति विश्वास कायम राख्न आग्रह गरेका थिए।
टोलीले निगमको सेवा विस्तार, समयपालन र यात्रु सुविधामा सुधारका लागि विभिन्न सुझाव सङ्कलन गरेको छ। छलफलका क्रममा यात्रु तथा समुदायका प्रतिनिधिले नेपाल वायुसेवाको निरन्तर सेवा सञ्चालन र गुणस्तरीयतामा खासै गुनासो नरहेको बरु गौरव लाग्ने गरेको अनुभव सुनाएका थिए।
छलफलमा यात्रुको चाप व्यवस्थापन, आवश्यकताअनुसार अतिरिक्त उडानको सम्भावना र सेवामा देखिएका समस्याको छिटो समाधानका लागि निगमले गर्ने प्रयासका बारेमा समेत जानकारी दिइएको थियो ।
छलफल भएको केही दिनदेखि नै हङकङबाट नेपाल आउँदा निगमको जहाज प्रयोग गर्नेको सङ्ख्या बढेको निगमले जनाएको छ।
राष्ट्रिय ध्वजावाहकको हैसियतले यात्रुको विश्वास, सुरक्षालाई प्राथमिकता दिने र हङकङ–नेपाल उडानलाई अझ व्यवस्थित र भरपर्दो बनाउन निरन्तर प्रयास गर्ने निगमले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण