शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

यो गठबन्धन २०८४ सम्म जान्छ, जान्छ : प्रधानमन्त्री

बुधबार, २८ साउन २०८२, १४ : १९
बुधबार, २८ साउन २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ०८४ सालको निर्वाचनसम्म राजनीतिक समीकरण अगाडि बढ्ने बताए।
  • ओलीले अस्थिरताको चाहना राखे पनि त्यो सफल नहुने बताए।
  • उनले मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गर्नुपर्ने कुरामा जोड दिए।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले अस्थिरताको जतिसुकै चाहना राखे पनि त्यो सफल नहुने बताए । 

‘बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण केका लागि ?देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन,’ ओलीले भने, ‘म सबैलाई स्पष्ट पार्न चाहन्छु,  अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ ।’

मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौँ र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔँ भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा सरकार बनेको बताउँदै ओलीले विपक्षमा रहेका दलहरूलाई यो स्थिरता अप्रिय लागिरहेको बताए । 

उनले आफूहरूलाई यो प्रणाली ज्यान सरह प्रिय रहेको बताउँदै यसको जीवनको लागि हामी कस्तै कष्ट सहन पनि तत्पर रहेको बताए । ।

‘कति लोकतन्त्र मन नपर्ने पनि यहीँ हुन सक्छौँ । कति लोकतन्त्रको संवर्द्धनका लागि हैन, त्यसको उपभोग गर्ने– त्यसको हुर्मत लिने अभीष्ट भएका पनि हुनसक्छौ,’ ओलीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप