काठमाडौँमा दुई जना मृत अवस्थामा फेला
सारांश
- काठमाडौंको गोंगबु र तारकेश्वरमा दुई जना मृत अवस्थामा फेला परेका छन्।
- कास्कीका २३ वर्षीय विपिन भुजेल गोंगबुको होटलमा मृत फेला परे।
- नुवाकोटकी ५० वर्षीया ठुलीमाया तामाङ तारकेश्वरमा मृत फेला परिन्।
काठमाडौँ । काठमाडौँको गोंगबु र तारकेश्वरमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँ महानगरपालिका-२६ गोंगबु मित्रनगरस्थित होटल नुर एण्ड रेस्टुरेन्टको तेस्रो तलाको कोठा नम्बर ३०२ मा गत साउन १९ गते देखि बस्दै आएका कास्की माछापुच्छ्रे गाउँपालिका-३ घर भएका २३ वर्षीय विपिन भुजेल सोही कोठाको बाथरुममा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी काठमाडौँकै तारकेश्वर नगरपालिका-४ ढुङ्गेधारा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएकी ५० वर्षीया ठुलीमाया तामाङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
उता, कञ्चनपुरको बेदकोट नगरपालिका-५ पोलखरीस्थित पूर्व झले खोला किनारामा सोही नगरपालिका-६ मुसेपानी बस्ने ३५ वर्षीय विनोद चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, गुल्मीको चन्द्रकोट गाउँपालिका-८ रामपुरस्थित पोखरीमा सोही गाउँपालिका-८ रजाली टोल बस्ने गुल्मी दरबार गाउँपालिका-१ नेटा घर भएका ४५ वर्षीय तुल्सी बहादुर क्षेत्री मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण