दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ: अध्यक्ष यादव
बुधबार, २८ साउन २०८२, २२ : ३६
सारांश
- जसपा अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरी पुनर्लेखन गर्नुपर्ने बताए।
- उनले मधेसी, थारु लगायतका समुदायका समस्या सम्बोधन गर्न संविधान संशोधन आवश्यक रहेको बताए।
- अध्यक्ष यादवले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि बलियो सरकारको आवश्यकता रहेको उल्लेख गरे।
सप्तरी। जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले त्रुटिपूर्ण रहेको संविधान संशोधन गरी पुनर्लेखन गर्नुपर्ने बताएका छन् ।
सप्तरीको राजविराजमा बुधबार आयोजित नवनिर्वाचित जिल्ला कमिटीको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रममा उनले १० वर्ष अगाडि नेपालको संविधान संशोधन गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्ने बताए ।
उनले संविधानमा अहिले पनि मधेसी, थारु, मुस्लिम, दलित, आदिवासी, जनजाति, सीमान्तकृत समुदायलगायत कतिपय समस्या सम्बोधन हुन बाँकी रहेको चर्चा गर्दै समस्यालाई सच्याएर अघि बढ्न संविधान संशोधन नै आवश्यक रहेको बताए ।
भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको विश्वास प्राप्त गर्न बलियो सरकारको आवश्यकता रहेको जिकिर गर्दै अध्यक्ष यादवले प्रदेशको अधिकारविहीन र कानुनविहीन बनाइएको आरोप लगाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण