सङ्गठित पार्टी सदस्यताको विवरण पठाउन मातहत समितिलाई जसपा नेपालको निर्देशन
सारांश
- जसपा नेपालले साउन मसान्तसम्म पार्टी सदस्यता विवरण पठाउन निर्देशन दिएको छ।
- पार्टीले सदस्यता नवीकरण नगर्ने जिल्लाहरूलाई प्रदेश अधिवेशनमा समस्या आउन सक्ने चेतावनी दिएको छ।
- जसपाले भदौ २५, २६ र २७ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यताको विवरण पठाउन मातहत समितिलाई निर्देशन दिएको छ । पार्टी सदस्यताको नवीकरण र अभिलेखीकरणको रेकर्ड साउन मसान्तसम्म सम्पूर्ण प्रक्रिया पुरा गरी सम्बन्धित प्रदेश समितिलाई पठाउन र केन्द्रीय कार्यालयलाई समेत सोको जानकारी गराउन मातहत समितिलाई निर्देशन दिइएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
पार्टीका महासचिव रामकुमार शर्माले सबै जिल्ला समितिलाई सदस्यता नवीकरण सम्बन्धी कार्य सम्पादन गर्न नसक्ने जिल्लाहरूको हकमा समस्या उत्पन्न हुन सक्ने भएकोले प्रदेश अधिवेशनमा सहभागिताको व्यवधान खडा भएमा सोको जिम्मेवारी सम्बन्धित सदस्य र जिल्ला समितिले लिनुपर्ने भएको हुँदा सदस्यता नवीकरण सम्बन्धी कार्य निर्धारित समयभित्र प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्ला समितिलाई आग्रह गरेका छन् ।
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आगामी भदौ २५, २६ र २७ गतेभित्र प्रदेश समितिको अधिवेशन गर्ने तय गरेको छ । पार्टीले प्रदेश अधिवेशन सम्बन्धी निर्देशिका २०८२ समेत जारी गरी सम्पूर्ण प्रदेश र जिल्ला समितिलाई जानकारी गराइसकेको बस्नेतले बताएका छन् ।
जसपा नेपालले गत सालको भदौ महिनादेखि जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान सञ्चालन गरेको थियो । अभियान सञ्चालनको एक वर्षमा जसपा नेपालले सबै तहको अधिवेशन सक्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण