प्रधानमन्त्रीलाई अपराध संहिता अध्ययन गर्न माओवादी सांसदको सुझाव
सारांश
- सांसद रेखा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुविवाह सम्बन्धी अपराध संहिताको बुँदा ३३ पढ्न सुझाव दिइन्।
- प्रधानमन्त्रीको सम्बोधनमा विपक्षीलाई कटाक्ष गरेकोमा सांसद शर्माले आपत्ति जनाइन्।
- सांसद शर्माले प्रधानमन्त्रीलाई बहुविवाहलाई वैधता दिने व्यवस्थाबारे अध्ययन गर्न आग्रह गरिन्।
काठमाडौँ । माओवादी केन्द्रकी सांसद रेखा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुविवाह सम्बन्धी अपराध संहिताको बुँदा ३३ पढ्न सुझाव दिएकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले प्रधानमन्त्रीले बुधवार मात्र संसदमा गरेको सम्बोधनमा आफ्ना उपलब्धि भन्दा विपक्षीलाई कटाक्ष गरेकोमा आपत्ति समेत जनाइन् ।
‘प्रधानमन्त्रीले सरकारका उपलब्धि सुनेर अचम्म माने होलान् पनि भन्न भ्याउनुभयो’, उनले भनिन्, ‘विगतका मिथ्यांक सुनेर के अचम्म मान्नु ? तर बहुविवाह सम्बन्धी कानुन लगायतका विषयमा प्रधानमन्त्रीको झुट अभिव्यक्तिबाट म साँच्चै अचम्मित भएँ ।’
उनले मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गर्न बनेको विधेयकको बुँदा ३३, अपराध संहिताको दफा १७५ मा उपदफा ५ पछि थपिएको खण्ड ‘क’ को विषय राम्रोसँग अध्ययन गर्न प्रधानमन्त्रीलाई अनुरोध समेत गरिन् ।
‘जहाँ घुमाएर बहुविवाहलाई वैधता दिने व्यवस्था गरिएको छ’, शर्माले भनिन्, ‘देशको प्रधानमन्त्रीले हल्का टिप्पणी गर्न शोभनीय हुँदैन ।’ उनले तथ्य र प्रमाणका आधारमा सांसदले संसदमा उठाउने विषयलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालको कन्टेन्ट निर्माण गर्ने थलो बनाएको भनेर दिएको अभिव्यक्तिमा खेद प्रकट पनि गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण