शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सिक्किममा नेपाली फिल्म छायाङ्कन गर्ने विषयमा अध्यक्ष भुटियासँग छलफल

बिहीबार, २९ साउन २०८२, १६ : ३०
बिहीबार, २९ साउन २०८२

सारांश

  • नेपाली फिल्म सिक्किममा छायाङ्कन र प्रदर्शनबारे चलचित्र विकास बोर्ड र सिक्किम फिल्म बोर्डबीच छलफल भयो।
  • भेटमा नेपाली चलचित्रको विकास, प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तारबारे छलफल भएको थियो।
  • सिक्किम र नेपालका चलचित्रकर्मीको उपस्थितिमा दुई पक्षबीचको सहकार्यलाई थप बलियो बनाउनेबारे कुराकानी भयो।

काठमाडौँ । नेपाली फिल्म सिक्किममा छायाङ्कन र प्रदर्शन गर्ने विषयमा छलफल भएको छ । चलचित्र विकास बोर्ड र सिक्किम फिल्म बोर्डका नवनियुक्त अध्यक्ष टासी छिरिङ भुटियाबिच काठमाडौँमा सो विषयमा छलफल भएको हो ।

सोही अवसरमा बोर्डका अध्यक्ष दिनेशराज दाहालले भुटियालाई नेपालमा औपचारिक स्वागत समेत गरेका थिए । भेटमा नेपाली चलचित्रको विकास, प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि नेपाल र सिक्किमबिचको सहकार्यलाई थप मजबुत बनाउन छलफल भएको चलचित्र विकास बोर्डका सदस्य वीरेन्द्र भट्टले जानकारी दिए ।

उक्त अवसरमा सिक्किमबाट मनोज लामा, दास तामाङ, उत्तम प्रधान लगायतकाे उपस्थिति थियो । नेपालको तर्फबाट भने वरिष्ठ चलचित्रकर्मी तुलसी घिमिरे, भारती घिमिरे, चलचित्र विकास बोर्डका सदस्यहरू सन्तोष लोहनी, वीरेन्द्र भट्ट, गणेश सुवेदी, सदस्य सचिव राजेश थापा, कलाकार जीवन लुइँटेल, जितु नेपाल, पञ्चमी घिमिरे, सम्पादक नहकुल खडका, निर्माता केवल तामाङ, ‘कमेडी दरबार’ टिमका, श्रद्धा प्रसाईं, बिक्की अग्रवाल र कान्तिपुर फिल्म एकेडेमीका प्रकाश पुरी लगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप