अपडेट
१ घण्टा अगाडि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा प्रवेश गर्न आग्रह
बिहीबार, २९ साउन २०८२, १६ : ४८
सारांश
- त्रिभुवन विमानस्थल अध्यागमनले उडानअघि १ घण्टा प्रस्थान क्षेत्रमा प्रवेश गर्न आग्रह गरेको छ।
- राती यात्रु चाप बढ्दा प्रक्रिया ढिलाइ हुने सम्भावना रहेको भन्दै अध्यागमनले यस्तो अनुरोध गरेको हो।
- नागरिक उड्डयन प्राधिकरण र वायुसेवा कम्पनीलाई सहजीकरणका लागि अनुरोध गरिएको छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले यात्रुहरूलाई उडान समयभन्दा कम्तीमा १ घण्टा अगाडि नै प्रस्थान तर्फको अध्यागमन क्षेत्रमा प्रवेश गर्न अनुरोध गरेको छ।
अध्यागमन कार्यालयले विशेष गरी राती समयमा प्रस्थान डेस्कमा यात्रुहरूको अत्यधिक चाप रहँदा प्रक्रियामा ढिलाइ हुने सम्भावना बढेको भन्दै यस्तो आग्रह गरेको हो।
यसलाई सहज बनाउन नागरिक उड्डयन प्राधिकरणलाई रात्रिकालीन उडान तालिका लचिलो बनाउने तथा सबै अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूलाई यात्रुहरूलाई उडान समयभन्दा कम्तीमा १ घण्टा अगावै चेक इन गराई अध्यागमन क्षेत्रमा प्रवेश गराउने व्यवस्था गर्न अनुरोध गरिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण