चक्रे मिलनविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगपत्र दर्ता
काठमाडौँ । गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) विरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अभियोगपत्र दायर गरिएको छ । सरकारी वकिलले भक्तपुर जिल्ला अदालतमा पूरक अभियोग दायर गरेको हो ।
शुक्रबार मात्रै बयान र थुनछेक हुने भएपछि उनलाई प्रहरी वृत्त थिमीको हिरासतमा राखिएको छ । २०८१ भदौ १० मा दिव्यश्वरी टाउन प्लानिङ स्थित बड्डाको तावामा उनको योजनामा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको आरोप छ ।
त्यसबेला सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय खवास गत वर्ष पक्राउ परेर छुटेका थिए । चक्रेको वतन नखुलेपछि मुद्दा विचाराधीन थियो । हाल वतन खुलेपछि बयान लिएर अनुसन्धान प्रतिवेदन पेस गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।
साउन १५ मा जन्मदिन मनाउँदा महाराजगञ्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका चक्रे काठमाडौँ जिल्ला अदालतबाट ३० हजार धरौटीमा छुटेका थिए । उनलाई काठमाडौँ प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको थियो ।
गोखार छोप्राक घर भएका चक्रे २०५० सालदेखी गुण्डागर्दीमा छन् । पछिल्लो समय उनी २०७४ वैशाख २६ मा पनि महाराजगञ्जबाट पक्राउ परेर छुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण