अलास्कामा भेटवार्तापछि ट्रम्प र पुटिनले संयुक्त पत्रकार सम्मेलन गर्ने
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार अलास्कामा हुने ‘वान टु वान’ वार्ता पछि संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्।
क्रेमलिनका सल्लाहकार युरी उशाकोभका अनुसार भेटवार्ताको मुख्य एजेन्डा युक्रेन युद्ध रहनेछ। ‘त्यसपछि नास्तासँगै दुवै पक्षका प्रतिनिधिमण्डलबिचको वार्ता जारी रहनेछ,’ उनले एएफपी समाचार एजेन्सीलाई भने।
वार्ता सकिएपछि हुने संयुक्त पत्रकार सम्मेलनमार्फत वार्ताको निष्कर्ष सार्वजनिक गरिने बताइएको छ। रुसी प्रतिनिधिमण्डलमा उशाकोभसहित विदेश मन्त्री सेर्गेई लावरोभ, रक्षा मन्त्री आन्द्रे बेलोसोभ, अर्थ मन्त्री एन्टोन सिलुआनोभ र व्यापारी किरिल दिमित्रिएभ रहने क्रेमलिनले जनाएको छ।
उशाकोभका अनुसार पुटिन र ट्रम्पले व्यापार तथा आर्थिक सहकार्यका विषयमा पनि छलफल गर्नेछन्। ‘शान्ति र सुरक्षा सुनिश्चित गर्ने व्यापक मुद्दाहरूका साथै अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयहरू पनि एजेन्डामा रहनेछन्,’ उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण