कमजोर हुँदै मनसुन : यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम
सारांश
- मनसुनको न्यून चापीय रेखा दक्षिण तर्फ अवस्थित रहेकाले नेपालमा मनसुन कमजोर हुने सम्भावना छ।
- शुक्रबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने केही स्थानमा हल्का वर्षाको सम्भावना छ।
- बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी लगायतका नदीहरूमा बहाव सतर्कता तहभन्दा तल रहेको छ।
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित छ । फलस्वरूप, नेपालमा मनसुन केही कमजोर हुने देखिन्छ ।
शुक्रबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश पहाडी भू-भागको थोरै स्थानहरूमा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती. पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
शुक्रबार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, म्याग्दी, गुल्मी, रोल्पा, रुकुम पश्चिम, कालिकोट, बाजुरा, बझाङ, डोल्पा, मुगु, हुम्ला, दार्चुला, र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण