कविता
ती फूल, ती काँडा
शुक्रबार, ३० साउन २०८२, १२ : २६
केवल ती सपनाहरू मात्र हुन्
केवल ती यात्राहरू मात्र हुन्
जीवनदेखि जीवनसम्म हिँडेका
केवल ती प्रार्थनाहरू मात्र हुन् ।
ईश्वरसँग भेट्ने एउटा स्वप्नीलता
मेरा घाउहरू
मेरा आराधनाहरू
कहीँ मनभरि बिझाएजस्तो
कहीँ आँखाभरि मुस्कुराएजस्तो
जिन्दगीसँगका धेरै रातहरू
जिन्दगीसँगका धेरै बातहरू
म आफैँलाई सम्झिरहेको छु ।
जलनहरू पोखिएर
बिथोलिएका सम्बन्धहरू
आशाहरू रूझेर
मक्किएका तस्बिरहरू
त्यो कथामा कतै न्यानो अँगालो
फेरि जोडिए हुन्थ्यो
त्यो व्यथामा कतै उज्यालो परिदृश्य
फेरि पोखिए हुन्थ्यो
केवल ती फूलहरू मात्र हुन्
केवल ती काँडाहरु मात्र हुन् ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण