मानसिक रोगको समस्या तीव्र रूपमा बढ्दै गएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह
सारांश
- सांसद इन्दिरादेवी गौतमले देशभर मानसिक रोगको समस्या बढेको बताइन्।
- उनले बेरोजगारी, आर्थिक संकट र लागुऔषध सेवनका कारण समस्या बढेको उल्लेख गरिन्।
- उनले मानसिक स्वास्थ्य उपचारको विस्तार र विशेषज्ञको व्यवस्था गर्न माग गरिन्।
काठमाडौँ । नेकपा (एमाले)की सांसद इन्दिरादेवी गौतमले देशभर मानसिक रोगको समस्या तीव्र रूपमा बढ्दै गएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेकी छिन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आग्रह गरेकी हुन् ।
उनले बेरोजगारी, आर्थिक सङ्कट, लागुऔषध सेवन लगायतका कारण मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गर्दै यस विषयमा गम्भीर बन्न उनले सरकारको ध्यानाकर्षण गराइन् । मानसिक रोग उपचार गर्ने स्वास्थ्य संस्था र मनोचिकित्सकको सङ्ख्या सीमित भएकाले उपचारको अवस्था कमजोर रहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा सेवा अझै भरपर्दो रूपमा नपुगेको उल्लेख गरिन् । गौतमले मानसिक स्वास्थ्यका लागि मनोचिकित्सक विशेषज्ञ, परामर्शदाता र आवश्यक सम्पूर्ण उपचार व्यवस्थाको विस्तार गर्न समेत माग गरिन् ।
बढ्दो मानसिक समस्याका कारण भविष्यमा समाजमा गम्भीर सङ्कट पैदा हुनेतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकहरूकाे कति रकम जाेगियाे ?
-
उज्बेकिस्तानकी पूर्वमोडलको मोडलको खुलासाः जेल सजायका बेला पनि एप्स्टिनले यौनशोषण गरिरहे
-
१४ औँ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न
-
साउदीबाट आईएमई गर्दा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी
-
विराेध हुने भएपछि हर्क साम्पाङ जानकी मन्दिर गएनन्
-
अर्जुन कपूरसँगको अफेयरको हल्लामा के भन्छिन् साहिबा बाली ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण