शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकहरूकाे कति रकम जाेगियाे ?
सारांश
- शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकको ७ अर्ब भन्दा बढी रुपैयाँ जोगिने भएको छ।
- प्रधानमन्त्री बालेन्द्र शाहले गत आर्थिक वर्ष २०८३/८४ को बजेटमा उल्लेख गरेको तीन प्रतिशत शुल्क कार्यान्वयन नगर्ने घोषणा गरेपछि अभिभावकको उक्त रकम जोगिने देखिएको हो।
- यदि सरकारले तीन प्रतिशत शिक्षा समता शुल्क कर लगाएको भए यो रकम सरकारको खातामा जम्मा हुन्थ्यो।
काठमाडौँ। शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकको ७ अर्बभन्दा बढी रुपैयाँ जोगिने भएको छ। गत आर्थिक वर्ष २०८३/८४ को बजेटमा उल्लेख गरेको तीन प्रतिशत शुल्क कार्यान्वयन नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहले घोषणा गरेसँगै अभिभावकको उक्त रकम जोगिने देखिएको हो।
हाल देशको कुल ग्राहस्थ उत्पादनमध्ये निजी क्षेत्रबाट सञ्चालित माध्यमिक तहसम्मको विद्यालय तथा शिक्षण संस्थामा कुल ३.६३३१ प्रतिशत बराबरको खर्च हुने चौथो नेपाल जीवनस्तर सर्वेक्षणले देखाएको छ।
यस अनुसार हाल ६६ खर्ब ७ करोड रुपैयाँको नेपाली अर्थतन्त्रमा यो शीर्षकमा मात्रै २ खर्ब ३९ अर्ब ७२ करोड रुपैयाँ खर्च हुने देखिन्छ। यसमा लाग्ने तीन प्रतिशत करको दर अनुसार वार्षिक ७ अर्ब १९ करोड ३५ लाख ३८ हजार रुपैयाँ अभिभावकको जोगिने देखिन्छ।
यदि सरकारले तीन प्रतिशत शिक्षा समता शुल्क कर लगाएको भए यो रकम सरकारको खातामा जम्मा हुन्थ्यो। तथ्याङ्क अनुसार देशभर १० हजार चार सय ७३ निजी विद्यालय छन् । ती विद्यालयमा ३८ लाख विद्यार्थीले अध्ययनरत छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण