आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

सीएससी ग्लोबलमा जारी क्यानडा एजुकेसन फेयर शनिबारसम्म चल्ने

शुक्रबार, ३० साउन २०८२, १२ : ५४
शुक्रबार, ३० साउन २०८२

सारांश

  • सीएससी ग्लोबलले नयाँ बानेश्वरमा क्यानडा एजुकेसन फेयर आयोजना गरेको छ।
  • फेयरमा क्यानडाका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुको सहभागिता रहेको छ।
  • यो फेयर साउन ३१ गतेसम्म बिहान ११ बजेदेखि २ बजेसम्म चल्नेछ।

काठमाडौँ । सीएससी ग्लोबल नयाँ बानेश्वरमा गत मंगलबारदेखि ‘क्यानडा एजुकेसन फेयर’ जारी छ । पछिल्लो समय विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने क्रम बढिरहेका बेला सही विद्यार्थीहरूलाई सही सूचना दिएर सहज बनाउन एजुकेसन फेयरको आयोजना गरिएको सीएससी ग्लोबलकी म्यानेजर विद्या बस्नेतले जानकारी दिइन् । 

हालसम्म ५०० भन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम साउन ३१ गते शनिबारसम्म चल्ने उनले बताइन् । 

फेयर बिहान ११ बजेदेखि २ बजेसम्म नयाँ बानेश्वरको अफिसमा सञ्चालन भइरहेको छ । क्यानडा अध्ययन गर्न नेपाली विद्यार्थीहरूको आकर्षण बढिरहेको बेला क्यानडाका विश्वविद्यालय तथा कलेजहरूका आधिकारिक प्रतिनिधिसहित एकै ठाउँमा विद्यार्थी र अभिभावकलाई सूचना दिने उद्देश्यले फेयर आयोजना गरिएको आयोजक अनुप अधिकारीले जानकारी दिए ।

फेयरमा शैक्षिक प्रणाली, विश्वविद्यालय, पढाई हुने कोर्सलगायतका विषयमा सही सूचना पाउनेछन् । सहभागी विद्यार्थीहरूले सो दिन विभिन्न उपहारसमेत पाउने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप