प्रिमियर लिगको नयाँ सिजनमा के छ नयाँ नियम ?
सारांश
- प्रिमियर लिग फुटबलको नयाँ सिजन शनिबारबाट सुरु हुँदैछ, जसमा नयाँ नियम र खेलाडीहरू समावेश छन्।
- गोलरक्षकले ८ सेकेन्डभन्दा बढी बल होल्ड गर्न नपाउने, र कप्तानले मात्र रेफ्रीसँग कुरा गर्न पाउने नियमहरू छन्।
- बेन्जामिन सेस्को म्यानचेस्टर युनाइटेडमा, फ्लोरियन विट्रज लिभरपुलमा र भिक्टर ग्योकेरेस आर्सनलमा अनुबन्धित भएका छन्।
काठमाडौँ । प्रिमियर लिग फुटबलको नयाँ सिजन शनिबारबाट सुरु हुँदैछ । नयाँ सिजनमा नयाँ खेलाडी, नयाँ प्रशिक्षकदेखि लिएर नयाँ नियम पनि लागु हुँदैछ ।
अघिल्लो सिजनमा दोस्रो स्थानमा रहेर लिग अन्त्य गरेको आर्सनल यो सिजन लिगको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिँदैछ । यता कमजोर बनेको सिटी बलियो दाबेदारी प्रस्तुत गर्ने योजनामा छ ।
गत सिजनको लिग विजेता लिभरपुल आफ्नो लयलाई थप बलियो बनाउँदै उपाधि रक्षा गर्ने लक्ष्यमा हुनेछ ।
यसपटक प्रिमियर लिगमा आठ सेकेन्डसम्म मात्रै गोलरक्षकले बल होल्ड गर्न पाउनेदेखि भीएआरमा रेफ्रीले बोलेको कुरा सबै दर्शकले सुन्न पाउनेसम्मको नियम आउँदैछ ।
के-के छन् नयाँ यो सिजनमा ?
८ सेकेन्डको नियम
प्रिमियर लिगमा यस सिजनको सबैभन्दा ठूलो नियम परिवर्तन हो– गोलकिपरले आठ सेकेन्डभन्दा बढी बल होल्ड गरेमा कारबाही हुने । यदि कुनै गोलकिपरले नयाँ नियमले तोकेको समयसीमा नाघेमा रेफ्रीले विपक्षी टोलीलाई कर्नर दिनेछन् ।
गोलरक्षकले समय खेर फालेर खेल प्रभावित हुने देखिएपछि लिगमा यो नियम ल्याइएको हो ।
कप्तानले मात्र रेफ्रीसँग कुरा गर्न पाउने
खेलको ९० मिनेटको अवधिमा प्रत्येक क्लबका कप्तानहरूलाई मात्र रेफ्रीसँग कुरा गर्न अनुमति दिइनेछ । रेफ्रीसँग बोल्ने अनुमति नभएका खेलाडीले नराम्रो व्यवहार गरेमा पहेँलो कार्ड दिइनेछ । यदि गोलकिपर कप्तान भएमा रेफ्रीसँग कुरा गर्न उक्त टोलीले एक आउटफिल्ड खेलाडीलाई जिम्मेवारी दिन सक्नेछ । यो नियम पछिल्लो समय अन्य लिगहरुले पनि लागु गराएका छन् ।
यस्तै, कुनै खेलाडीले पेनाल्टी हान्दा गल्तीले बललाई दुई पटक छोएमा, उसले पेनाल्टी पुनः लिन पाउनेछ । यो नियम हानेको पेनाल्टी गोलमा परिणत भएमा मात्र लागु हुनेछ । यदि मैदान बाहिर रहेका कुनै खेलाडी, सब्स्टिच्युट वा प्रशिक्षकले बल छोएमा फ्रि–किक दिइनेछ । खेल रोकिनुअघि अन्तिम पटक बल नछोएको टोलीलाई ड्रप बल दिइनेछ ।
ट्रान्सफर विन्डोबाट आएका नयाँ अनुहारहरू
बेन्जामिन सेस्को (म्यानचेस्टर युनाइटेड)
प्रतिभाशाली खेलाडी बेन्जामिन सेस्को इंग्लिस टोलीमा फर्किएका छन् । स्ट्राइकर सेस्कोले प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको रातो जर्सी लगाउनेछन् । युनाइटेडले सेस्कोलाई १६ वर्षको उमेरदेखि नै स्लोभेनियन क्लब डोम्जालेमा हुँदा पछ्याइरहेको थियो । त्यस्तै लिभरपुलले जर्मन स्टार फ्लोरियन विट्रजलाई भित्र्याएको छ । उनी बायर लेभरकुसेनमा लामो समय बिताएर प्रिमियर लिग क्लब आएका छन् ।
उनलाई ११६ मिलियन युरोमा टिममा आएका हुन् । आर्सनलले भिक्टर ग्योकेरेस प्रिमियर लिगमा अनुबन्ध गरेको हो । मिकेल अर्टेटाको टोलीलाई एक स्ट्राइकरको आवश्यक भएको समयमा उनलाई अनुबन्ध गरेको हो ।
आर्सनलले मार्टिन जुबिमेन्डीलाई अनुबन्ध गर्दा चेल्सीले एस्टेभाओलाई भित्र्याएको छ । प्रिमियर लिगका फ्यानहरू ब्राजिलियन खेलाडीहरू बार्सिलोना वा रियल मड्रिड गएको धेरै देख्छन् तर चेल्सीले एस्टेभाओलाई अनुबन्ध गरेर यो प्रवृत्ति तोडेको छ ।
लिभरपुलका जेरेमी फ्रिम्पोङ जुनसुकै पोजिसनमा खेल्न सक्ने खेलाडी हुन् । फ्रिम्पोङ ट्रिकमा उनी चर्चित छन् । उनी आर्ने स्लटको टोलीका लागि राइट–ब्याकबाट खेल्न सुरु गरेका थिए ।
फ्रान्सका पूर्वअन्डर–२१ अन्तर्राष्ट्रिय स्ट्राइकर थिएर्नो ब्यारी एभर्टनबाट खेल्ने भएका छन् । तीन वर्षभन्दा कम समयमा ब्यारी फ्रान्सेली फुटबलको पाँचौं श्रेणीमा रहेको सोसोको ‘बी’ टोलीबाट खेल्दै ला लिगासम्म पुगे । भिल्लारियलमा आफ्नो एक मात्र सिजनमा उनले ११ गोल गरेर टोलीलाई च्याम्पियन्स लिगका लागि छनोट हुन सहयोग गरेका थिए ।
लेस्टर सिटी, इप्सविच टाउन र साउथह्याम्प्टन च्याम्पियनसिपमा रेलिगेसन भएपछि तीन नयाँ टोली प्रिमियर लिगमा फर्केका छन् । बर्नली २०२३/२४ मा रेलिगेसनमा परे पनि पहिलो प्रयासमा नै शीर्ष डिभिजनमा फर्किएको छ । च्याम्पियनसिप विजेताको रूपमा बढुवा भएको लिड्स युनाइटेड गत सिजन १०० अंकसहित दुई सिजनपछि प्रिमियर लिगमा फर्किएको छ ।
सन्डरल्याण्ड २०१६/१७ मा रेलिगेसनमा परेपछि प्रिमियर लिगमा फर्किएको छ । यस अवधिमा ‘ब्ल्याक क्याट्स’ लिग वानसम्म पुगेर फर्किएको छ । शेफिल्ड युनाइटेडमाथि २–१ को प्लेअफ फाइनल जित निकाल्दै शीर्ष डिभिजनमा आफ्नो स्थान पक्का गरेको हो ।
नयाँ म्यानेजर
सधैँ झैँ खेलाडी ट्रान्सफर विन्डो फुटबल क्यालेन्डरको व्यस्त समय हो । खेलाडी र व्यवस्थापकहरू आउने–जाने क्रमले यसबेला तीव्रता पाउँछ । त्यसका लागि क्लबहरू करोडौं पाउन्ड खर्चिने गर्छन् । यो सिजन टिम म्यानेजरहरूबाट ब्रेन्टफोर्डका किथ एन्ड्र्युज र सन्डरल्याण्डका रेजिसले ब्रिस आफ्नो पहिलो प्रिमियर लिग खेलका लागि तयारी गर्दैछन् । दुवै खेलाडीले यो सिजनमा डेब्यु गर्न लागेका हुन् ।
थोमस फ्र्याङ्क टोटनह्याम गएपछि एन्ड्र्युज सेट–पिस प्रशिक्षकबाट मुख्य प्रशिक्षकमा बढुवा भएका छन् । ब्रिस सन्डरल्याण्डलाई प्लेअफमार्फत शीर्ष डिभिजनमा पुर्याएपछि प्रिमियर लिग क्लबको जिम्मेवारी सम्हाल्ने नवौं फ्रान्सेली बनेका छन् ।
नयाँ स्टेडियम
सन् २०२४/२५ मा एभर्टनले आफ्नो नयाँ स्टेडियम, हिल डिकिन्सन स्टेडियममा सर्ने तयारी गर्दा सन् १८९२ देखिको आफ्नो घरेलु मैदान गुडिसन पार्कलाई बिदाइ गरेको छ । लिभरपुल वाटरफ्रन्टको ब्राम्ली–मूर डकमा रहेको यस स्टेडियममा पहिलो खेल आइतबार ब्राइटन एन्ड होभ एल्बियनविरुद्ध हुनेछ । यो स्टेडियम प्रिमियर लिग फुटबल हुने ६२ औं स्थान हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण