भैरहवामा रास्वपाको दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि रुपन्देहीको भैरहवामा सुरु भएको छ ।
प्रशिक्षण कार्यक्रममा आज डा.स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, केन्द्रीय सदस्य सुमना श्रेष्ठ, डा.तोसिमा कार्की र क्रान्ति शिखा धितालले सहजीकरण गर्नेछन् ।
रास्वपा लुम्बिनी प्रदेश उपसभापति सालिकराम घिमिरेका अनुसार शनिबार महामन्त्री कवीन्द्र बुर्लाकोटी, सह–महामन्त्री विपिन कुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सचिव एवं केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी र लुम्बिनी प्रशिक्षण विभाग प्रमुख राजकुमार सुवेदीले सहजीकरण गर्ने छन् ।
प्रशिक्षणमा केन्द्रको संरचनाले दिनुपर्ने र तलको संरचनाले मागेका विषयका बारेमा छलफल हुने छ ।
प्रशिक्षणमा रुपन्देही–३ मा कार्तिक १७ हुने उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारको आकाङ्क्षीहरूको परिचयात्मक कार्यक्रम समेत हुने छ प्रशिक्षणमा पालिकाका पदाधिकारी, सदस्यहरू लगायत गरी २५० जनाको सहभागिता रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण