अदालत
सानुभाइसहित चार जनालाई धरौटीमा रिहा गर्न आदेश
शुक्रबार, ३० साउन २०८२, १८ : ०२
काठमाडौँ । सानुभाइ भनिने युवराज गुरुङसहितका चार जना धरौटीमा रिहा गर्न अदालतले आदेश दिएकाे छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले शुक्रबार उनीहरूलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो ।
सानुभाइलाई २५ हजार र अन्य तीन जनालाई २० हजार धरौटीमा रिहा गर्न आदेश भएको हो ।ठमेल क्षेत्रमा गुन्डागर्दी तथा झगडा गरेको आरोपमा उनीसहित दिलकुमार तुम्बापो, रवीन्द्र गुरुङ र ठमेलकै क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ छन् ।
गत १४ गते ठमेलकै नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोप पक्राउ गरिएको थियो । उनीहरूविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण