प्रहरीलाई शासक नभई जनताको सेवक भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन
जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीलाई शासक नभई जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन् ।
उनले शुक्रबार जनकपुरधाममा मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटनपश्चात् आयोजित समारोहलाई सम्बोधन गर्दै सो निर्देशन दिएका हुन् ।
मुलुकमा सुशासन तथा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरी हाकिमको भूमिका होइन, जनताको सेवकको भूमिकामा काम गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।
न्यायोचित हिसाबले प्रहरीबाट काम हुनुपर्ने उल्लेख गर्दै उनले राणा शासन तथा राजाको पञ्चायती व्यवस्थामा जस्तो कसैलाई फसाउने तथा यातना दिने काम नहोस् भने ।
प्रधानमन्त्री ओलीले भने, “त्यस समयमा शासनसत्ता जोगाउनका लागि झुटो आरोप लगाउने कार्य हुन्थ्यो । अहिले मुलुकमा केही तत्त्वहरूले अराजक फैलाउने कार्य गरिरहेको तथा आफूलाई नयाँ शक्तिको भ्रम फैलाउने तथा देशमा अराजक गतिविधिको काम गरेकाले त्यसबाट सतर्क एवं सजग हुनुपर्छ ।”
समाजमा अराजक फैलाउने तत्त्वहरूको मुलुकमा लोकतन्त्र ल्याउनका लागि कुनै योगदान नरहेको समेत विचार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले झुटो बोल्ने तत्त्वहरूलाई समाज तथा राष्ट्रले सजाय दिनुपर्नेमा जोड दिए ।
उनले जनताको ठुलो त्याग, तपस्या तथा बलिदानीबाट मुलुकमा लोकतन्त्र आएकाले लोकतन्त्रको सुरक्षा तथा दिगो बनाउन सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू लाग्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने,“नेपाली सेनाले राष्ट्रको सुरक्षा गर्ने काम गरिरहेको छ, त्यस्तै नेपाल प्रहरीले आफ्नो योग्यता तथा दक्षताको माध्यमबाट जनतालाई इमानदारीपूर्वक जनताको सुरक्षा तथा सेवा गर्नुपर्छ ।”
देशमा बढ्दो आपराधिक क्रियाकलाप, चोरी र डकैती, लागुऔषधको प्रयोग तथा सीमा क्षेत्रमा हुने विभिन्न चोरी, तस्करी, अवैध रूपमा हुने मानव ओसारपसार रोक्न तथा राजस्व चुहावट नियन्त्रण गर्न चुनौती भएकाले त्यसलाई रोक्नका लागि प्रहरी सङ्गठन इमान्दारीकासाथ गम्भीरतापूर्वक लाग्नुपर्नेमा उहाँको जोड थियो ।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संयुक्त प्रयासबाट निर्माण भएको वर्तमान सरकारले देशमा स्थिरता तथा शान्ति सुरक्षा एवं सुशासन दिने उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने र जनतालाई छिटोछरितो रूपमा सेवा दिनेतर्फ प्रहरीले जोड हुनुपर्ने बताए ।
उनले नेपाल प्रहरीलाई समयसापेक्ष भौतिक सुविधाले सम्पन्न गराउनेतर्फ मधेस प्रदेश सरकारले यो भवन निर्माण गरेकामा खुसी व्यक्त गरे । प्रधानमन्त्री ओलीले उद्घाटन गरेको प्रदेश प्रहरी भवनको निरीक्षणसमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण