शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
टप एण्ड टी–ट्वान्टी सिरिज

टप एण्ड टी–ट्वान्टी सिरिज : दोस्रो खेलमा बंगलादेश एको सामना गर्दै नेपाल

शनिबार, ३१ साउन २०८२, १२ : ०७
शनिबार, ३१ साउन २०८२

सारांश

  • नेपालले अस्ट्रेलियामा हुने टी-२० सिरिजमा आफ्नो दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ।
  • नेपालले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग हार बेहोरेको थियो, जसमा ४२ रनको पराजय भयो।
  • नेपालले आगामी टी-२० विश्वकप छनोटको तयारीका लागि यो प्रतियोगिता खेल्दै छ, जसमा रोहित कुमार पौडेलको कप्तानीमा टोली रहेको छ।

काठमाडौँ । अस्ट्रेलियामा हुने टप एण्ड टी–ट्वान्टी सिरिजमा आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बंगलादेश एको सामना गर्दैछ । नेपाल क्रिकेट सङ्घ क्यानले दिएको जानकारी अनुसार खेल नेपाली समयअनुसार ३ : १५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल शुक्रबार अस्ट्रेलियाको स्थानीय टिम नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । १ सय ७८ लक्ष्य पछ्याएको नेपालले १ सय ३५ रन मात्र जोड्न सक्यो । यस सिरिजमा विभिन्न ११ टोलीको सहभागिता रहेको छ । सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।

त्यसैगरी, सिरिजमा अस्ट्रेलियाका बिगबास लिग (बीबीएल) को हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार तथा मेलबर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीलगायतको सहभागिता रहनेछ । नेपालले समूह चरणमा ६ खेल खेल्नेछ ।

लिग चरणको शीर्ष चार रहने टोलीका बीचमा सेमिफाइनल भिडन्त हुनेछ । नेपालले तेस्रो खेल अगस्त १८ तारिखमा मेलबर्न स्टार्सविरुद्ध खेल्ने छ भने चौथो खेल अगस्त १९ तारिखमा होबार्ट हुरिकेन्सविरुद्ध खेल्नेछ । 

त्यसैगरी, पाँचौँ खेल अगस्त २० तारिखमा मेलबर्न रेनेगेड्सविरुद्ध खेल्ने छ भने अन्तिम लिग खेल अगस्त २२ तारिखमा पाकिस्तान शाहिन्सविरुद्ध खेल्नेछ । 

नेपालले यो प्रतियोगिता आउँदो अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरुप खेल्न लागेको क्यानले जनाएको छ । क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानले सार्वजनिक गरेको टोलीमा कुशल मल्ल कमब्याक गरेका छन्  । क्यानले नेपाली टोलीको उप कप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिएको छ । 

नेपाली टोली
रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलसन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम,साहब आलम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप