सुक्खा पहिरो खस्दा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध
शनिबार, ३१ साउन २०८२, १५ : ५७
सारांश
- हेटौँडा-काठमाडौँ सडकखण्डअन्तर्गतको इन्द्रसरोवर गाउँपालिकामा सुक्खा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ।
- भिमफेदी गाउँपालिकाको लामिडाँडा नजिकै ढुङ्गा र रुख खसेर त्रिभुवन राजपथमा पनि यातायात बन्द भएको छ।
- प्रहरीका अनुसार दुवै स्थानमा पहिरो पन्छाउन डोजर प्रयोग भइरहेको छ।
हेटौँडा । सुक्खा पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने सडक अवरुद्ध भएको छ । हेटौँडा–फाखेल–दक्षिणकाली काठमाडौँ सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा आज बिहान ९ः ३० बजेतिर सुक्खा पहिरो खस्दा यस क्षेत्रमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
यस्तै त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडा नजिकै ढुङ्गा र रुख खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । दुवै ठाउँमा डोजर परिचालन गरी पहिरो पन्छ्याउने काम भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदनमा उठ्यो गणेश नेपालीको आत्मदाहको विषय
-
लक्षण राम्रा छैनन्, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्वगृहमन्त्री अर्याल
-
प्रतिनिधि सभामा विपक्षी दलहरूद्वारा उठेर विरोध
-
प्रतिनिधि सभाको बैठक ||LIVE||
-
गणेश नेपालीको मृत्यु भएपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
-
गुडिरहेको गाडीमा सिलिन्डर पड्किँदा ४६ वर्षीय थापाको ज्यान गयो, घटनास्थलमा कडा सुरक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण