तीन जिल्लामा जबरजस्ती करणी, वृद्धसहित ३ जना पक्राउ
शनिबार, ३१ साउन २०८२, १७ : ३९
काठमाडौँ । विभिन्न जिल्लामा १६ देखि ३० वर्षीया पीडितमाथि जबरजस्ती करणी गरेको आरोपमा तीनजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
- पाल्पा – १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा माथागढी गाउँपालिका–१ बस्ने ६२ वर्षीय तुल बहादुर झेडी मगरलाई अस्थायी प्रहरी पोष्ट माणीफाँटबाट खटिएको प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ।
- सुर्खेत – १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका–८ बस्ने तथा धनगढी उपमहानगरपालिका–३ घर भएका ४२ वर्षीय राजकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ।
- खोटाङ – ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा केपिलासगढी गाउँपालिका–५ आमबोटे बस्ने ३७ वर्षीय सुमन राईलाई अस्थायी प्रहरी चौकी खार्मीबाट खटिएको प्रहरीले शुक्रबार बेलुकी पक्राउ गरेको हो।
प्रहरीले तीनै घटनामा आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण