मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

आइतबार लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

शनिबार, ३१ साउन २०८२, २२ : ५२
शनिबार, ३१ साउन २०८२

सारांश

  • पाल्पामा नेपाल-अङ्ग्रेज युद्धमा विजयको सम्झनामा भगवतीको रथसहितको सिन्दुरजात्राको तयारी पूरा भएको छ।
  • यो जात्रा श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले आयोजना गर्ने गर्दछ, जसले धार्मिक पर्यटनमा सहयोग पुर्‍याउँछ।
  • कर्णेल उजिरसिंह थापाले युद्ध जितेमा भगवतीको जात्रा गर्ने भाकल गरे अनुसार, यो जात्रा वि.सं. १८७७ देखि मनाउन थालिएको हो।

पाल्पा । ऐतिहासिक भगवती जात्राको अवसरमा आइतबार लुम्बिनी प्रदेश सरकारले  सार्वजनिक बिदा दिने भएको छ। 

नेपाल–अङ्ग्रेज युद्धमा विजय प्राप्त गरेको सम्झनामा पाल्पामा हरेक वर्ष हुँदै आएको भगवती जात्राको अवसरमा आइतबार प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो । 

नेपाल–अङ्ग्रेज युद्धमा विजय प्राप्त गरेको सम्झनामा पाल्पामा हरेक वर्ष श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले विजयोत्सव स्वरूप भगवती जात्रा (रथयात्रा) निकाल्दै आएको छ। यस वर्ष २०६औँ भगवती खट यात्राको तयारी पूरा भएको समितिका अध्यक्ष अशोककुमार महर्जनले जानकारी दिए।

किंवदन्तीअनुसार तत्कालीन पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा विजय प्राप्त गरे भगवतीलाई तीन तले मन्दिर बनाएर सिन्दूर जात्रा गर्ने भाकल गरेका थिए। युद्ध जितेपछि विसं १८७७ बाट विजय उत्सवका रूपमा भगवती जात्रा मनाउन थालिएको र सो परम्परा निरन्तर चल्दै आएको समितिले जनाएको छ।

स्थानीय बासिन्दा र भक्तजनको सहभागितामा निकालिने यस रथयात्राले भगवतीको महिमाको प्रचार–प्रसार गर्ने मात्र नभई धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप