भारतीय विदेशसचिव मिस्री आज नेपाल आउने
सारांश
- भारतीय विदेश सचिव विक्रम मिस्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन नेपाल आउँदैछन्।
- प्रधानमन्त्री ओलीले भदौ ३१ देखि दुई दिनसम्म भारत भ्रमण गर्ने अनौपचारिक समाचार सार्वजनिक भइसकेको छ।
- मिस्री भदौ १ देखि २ गतेसम्म नेपाल भ्रमणमा रहनेछन्, जसले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउनेछ।
काठमाडौँ । भारतका विदेशसचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन उनी नेपाल आउन लागेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले भदौ ३१ देखि दुई दिनसम्म भारतको भ्रमण गर्ने यसअघि नै अनौपचारिक रूपमा समाचार सार्वजनिक भइसकेको छ । प्रधानमन्त्री ओलीलाई औपचारिक निम्ता दिनका लागि भारतीय विदेश सचिव मिस्री नेपाल आउन लागेका स्रोतले जनाएको छ ।
परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री भदौ १ देखि २ गतेसम्म नेपाल भ्रमणमा रहने भारतीय विदेश मन्त्रालयले आज विज्ञप्तिमार्फत जनाएको छ ।
भारत र नेपालबिचको सम्बन्ध ऐतिहासिक, घनिष्ठ र मित्रतापूर्ण रहेको जनाउँदै विदेश मन्त्रालयले हालैका वर्षहरूमा दुवै देशबिच विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति भएको जनाएको छ । भारतले आफ्नो छिमेकी पहिलो नीति अन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिने गरेको समेत विदेश मन्त्रालयले जनाएको छ ।
विदेश सचिव मिस्रीको यसपालिको भ्रमणले नेपाल–भारतबिच नियमित रूपमा हुने उच्चस्तरीय आदान–प्रदानलाई निरन्तरता दिने र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन अवसर दिलाउने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण