नेतादेखि युट्युबरसम्मलाई ब्यङ्ग्य गर्दै सकियो ‘गाईजात्रा महोत्सव २०८२’ (तस्बिरहरू)
सारांश
- गाईजात्रा महोत्सव २०८२ सम्पन्न भयो, जसमा नेता, व्यवसायी, र युट्युबरलाई व्यंग्य गरिएको थियो।
- महोत्सव संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेका थिए, र यसले सामाजिक, राजनीतिक विकृतिहरूलाई उजागर गर्यो।
- कार्यक्रममा लक्ष्मण गाम्नाङ्गे, सुरेन्द्र केसी लगायतका कलाकारहरूको प्रस्तुति रहेको थियो, र करिब ५ हजार दर्शकले अवलोकन गरे।
काठमाडौँ । नेता, व्यवसायी, कर्मचारीदेखि युट्युबरसम्मलाई ब्याङ्ग्यको झटारो हान्दै ‘गाईजात्रा महोत्सव २०८२’ सकिएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर’ जमलको आयोजनामा गत २४ गतेदेखि सुरु भएको महोत्सव शनिबार (३१ गते)बाट सकिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेसँगै सुरु भएको महोत्सव गाईजात्राको अवसर पारेर आयोजना गरिएको थियो । महोत्सवमा कलाकारले सामाजिक, राजनीतिकदेखि हरेक पक्षका विकृति विसङ्गति केलाएका थिए ।
नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू)लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यताअनुरूप उत्सवका रूपमा मनाउन ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गरिएको थियो ।
_IyZQUqarXV.jpg)
कार्यक्रममा लक्ष्मण गाम्नाङ्गे, सुरेन्द्र केसी (मूला साग), शिवशङ्कर रिजाल (जोगिन्दर), राजा राजेन्द्र पोख्रेल, हिमेश पन्त, भरतमणि पौडेल, खबपु चञ्चल मगर, सुमन कोइराला (दले दाइ), दिनेश काफ्ले (हाउडे दाइ), सन्तोष थापा, कैलाश कार्की, सुजिता श्रेष्ठ, विकास अर्याल, सरोज भण्डारी र सुयसा खनालको प्रस्तुति रहेको थियो ।
_FIet52SuaD.jpg)
संस्थानले गत वर्षदेखि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समेटेर गाईजात्रा महोत्सव गर्ने परम्पराको थालनी गरेको थियो । सोहीअनुरुप यो दोस्रो कार्यक्रम गरेको हो । यो वर्षको कार्यक्रम करिब ५ हजार बढीले अवलोकन हेरेको बताइन्छ । कार्यक्रमको सञ्चालन राजा राजेन्द्र पोख्रेलले गरेका थिए ।
_5LP1YY6ZOu.jpg)
_C8fpqijY1b.jpg)
_zE5ESNXLA0.jpg)
_fmyxdTiiLI.jpg)
_0V6MRXyW4v.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण