कर्णाली प्रदेश सरकारद्वारा ८३ कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित)
सारांश
- कर्णाली प्रदेश सरकारले ८३ जना कर्मचारीको सरुवा गरेको छ।
- सरुवा प्रशासनिक कार्यलाई प्रभावकारी बनाउन र विभिन्न मन्त्रालय तथा जिल्लाहरूमा गरिएको हो।
- वरिष्ठ शाखा अधिकृतदेखि खरिदारसम्मका कर्मचारीहरू सरुवामा परेका छन्।
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्मचारीहरूको सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार विभिन्न मन्त्रालय, निर्देशनालय तथा जिल्लास्थित कार्यालयहरूमा कार्यरत ८३ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाएको हो ।
प्रदेशको प्रशासनिक कामकारबाहीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले यो सरुवा गरिएको बताइएको छ ।
सरुवा हुने कर्मचारीहरूमा प्रदेशका विभिन्न निकायमा कार्यरत वरिष्ठ शाखा अधिकृत (आठौँ तह) देखि खरिदार (सहायकस्तर चौथो) तहसम्मका कर्मचारीहरू रहेका छन् ।
सूचीअनुसार, वरिष्ठ शाखा अधिकृत राजेन्द्र पौडेललाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको छ भने पूर्ण प्रसाद उपाध्यायलाई कृषि मन्त्रालयबाट स्वास्थ्य आपूर्ति केन्द्रमा ल्याइएको छ ।
यो सरुवाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलगायत प्रदेशका महत्त्वपूर्ण निकायहरू प्रभावित भएका छन् ।
कर्मचारीहरूलाई सुर्खेतस्थित मन्त्रालय तथा निकायबाट हुम्ला, मुगु, कालिकोट, जाजरकोट, दैलेख जस्ता जिल्लाका कार्यालयहरूमा र जिल्लाबाट प्रदेश राजधानीमा सरुवा गरिएको छ ।
अधिकांश कर्मचारीहरूको सरुवा गरिएको छ भने केहीलाई कामकाजका लागि खटाइएको छ । मुख्यमन्त्री कार्यालयको निर्णयअनुसार गरिएको यो सरुवा र कामकाजको खटनपटनले प्रदेशको सेवा प्रवाह र विकास निर्माणका काममा गतिशीलता ल्याउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण