क्यानद्वारा सञ्जय गुरुङलाई अम्पायरिङ र क्रिकेट गतिविधिमा संलग्न हुन रोक
सारांश
- नेपाल क्रिकेट संघ (क्यान) ले लुम्बिनी प्रदेश क्रिकेट संघका पूर्वअध्यक्ष सञ्जय गुरुङलाई क्रिकेट गतिविधिमा संलग्न नगराउन निर्देशन दिएको छ।
- क्यानले लुम्बिनी प्रदेश क्रिकेट संघलाई पत्राचार गर्दै गुरुङलाई अम्पायरिङ लगायत कुनै पनि क्रिकेट गतिविधिमा संलग्न नगराउन भनेको हो।
- सञ्जय गुरुङले क्यानविरुद्ध मुद्दा दायर गर्नुका साथै संघका अध्यक्षविरुद्ध नकारात्मक टिप्पणी गरेको आरोप छ।
बुटवल । नेपाल क्रिकेट सङ्घ (क्यान)ले लुम्बिनी प्रदेश क्रिकेट सङ्घका पूर्वअध्यक्ष सञ्जय गुरुङलाई कुनै पनि क्रिकेट गतिविधिमा संलग्न नगराउन निर्देशन दिएको छ ।
लुम्बिनी प्रदेश क्रिकेट सङ्घलाई पत्राचार गर्दै क्यानले यस्तो निर्देशन दिएको हो । आइतबार क्यानले लुम्बिनी प्रदेश क्रिकेट सङ्घका कार्यवाहक अध्यक्षलाई सम्बोधन गरेर पत्राचार गर्दै गुरुङलाई अम्पायरिङ लगायत कुनै पनि क्रिकेट गतिविधिमा संलग्न नगराउन भनिएको छ ।
क्यानको साउन १५ गतेको बैठकले गुरुङलाई क्रिकेट गतिविधिमा संलग्न नगराउने निर्णय गरेको थियो । तर, बैठकको निर्णय आइतबार मात्रै प्रदेश क्रिकेट सङ्घलाई जानकारी गराइएको हो ।
क्यानका महाप्रबन्धक उत्सव ढुङ्गानाको हस्ताक्षरमा पठाइएको पत्रमा ‘लुम्बिनी प्रदेश क्रिकेट सङ्घका पूर्व अध्यक्ष सञ्जय गुरुङले नेपाल क्रिकेट संघविरुद्ध मुद्दा दायर गर्नुका साथै सङ्घका अध्यक्षविरुद्ध विभिन्न सञ्चार माध्यमहरूमा नकारात्मक टिका टिप्पणी एवं मिथ्या आरोप लगाएको सम्बन्धमा मिति २०८२।४।१५ गतेको नेपाल क्रिकेट सङ्घ केन्द्रीय कार्यसमितिको बैठकबाट अम्पायरिङ लगायत कुनै पनि क्रिकेट गतिविधिहरूमा संलग्न नगराउने निर्णय भएको' उल्लेख छ।
पत्रको रुपन्देही जिल्ला क्रिकेट सङ्घ र नेपाल क्रिकेट अम्पायर्स तथा स्कोर सङ्घलाई बोधार्थ दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण