भगवान कृष्ण पहिलो गणतन्त्रवादी, अहिलेको व्यवस्था गरिब जनताको हो : मुख्यमन्त्री बानियाँ
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भगवान कृष्णलाई पहिलो गणतन्त्रवादी रहेको बताएका छन् ।
भगवान कृष्ण जेलमा जन्मेर सामान्य गोठालोको जीवन बिताएर गरिब जनताको हक अधिकारका लागि कंशसंग युद्धसमेत गरेकाले उहाँ पहिलो गणतन्त्रवादी रहेको मुख्यमन्त्री बानियाँले बताए ।
मकवानपुरको थाहा नगरपालिकामा आयोजित ऐतिहासिक घैंटोफोर जात्रालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले वर्तमान गणतान्त्रिक व्यवस्था गरिब जनताको हितका लागि स्थापित भएको बताए ।
गणतन्त्रले प्राचीन संस्कृति र परम्परालाई संरक्षण गर्दै मौलिक पर्वहरू जगेर्नामा प्रदेश सरकार सक्रिय भूमिकामा रहेको उनको भनाई छ ।
’भगवान कृष्ण जेलमा जन्मेर, सामान्य ग्वालाको जीवन बिताउँदै आफ्नै शक्तिशाली मामा राजा कंशविरुद्ध लडेर जनतालाई मुक्ति दिलाउनुभयो,’मुख्यमन्त्री बानियाँले भने, ’त्यसैले मेरो बुझाइमा कृष्ण भगवान् एक गणतन्त्रवादी र गरिब जनताको प्रतिनिधि हुनुहुन्थ्यो। अहिलेको गणतन्त्र पनि उहाँकै व्यवस्था हो । यो गरिबको व्यवस्था हो । कसैले गणतन्त्रबारे गलत व्याख्या गरिरहेको छ भने त्यो केवल गणतन्त्र र गरिबको व्यवस्था मन नपराउनेहरूले मात्र हो ।’
मुख्यमन्त्री बानियाँले थाहा नगरको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । थाहा नगरको पर्यटन र पूर्वाधार विकासमा सरकारले विशेष जोड दिने उनले प्रतिबद्धता व्यक्त गरे ।
थाहा नगरको पर्यटन प्रवर्द्धनका लागि चित्लाङ–गणेशमान मार्ग र कलङ्की–कुन्छाल सडक स्तरोन्नति भइरहेको उनको भनाई छ । रुपचन्द्र विष्टले निर्माण गरेको ‘विकास घर’को संरक्षण र पुनर्निर्माणका लागि आवश्यक बजेट प्रदेश सरकारले व्यवस्था गर्ने मुख्यमन्त्री बानियाँले बताए ।
थाहा नगरको सुरक्षाका लागि सीसीटीभी जडान गरी बजार व्यवस्थापनमा आवश्यक रकम प्रदेश सरकारले उपलब्ध गराउने उनले बताए । आफू कांग्रेसको मात्र नभई सिङ्गो प्रदेशका जनताको मुख्यमन्त्री भएको बताउँदै उनले आफ्नो कार्यकाल गरिबमुखी, गाउँमुखी र विकासमुखी हुने कुरामा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण