थाइल्यान्डकी पट्राथिप सान्त्रकुन पुनः ललितपुर क्विनसमा
आइतबार, ०१ भदौ २०८२, १९ : १३
काठमाडौँ । थाइल्यान्डकी पट्राथिप सान्त्रकुनलाई ललितपुर क्विन्सले भरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको लागि पुनः अनुबन्ध गरेको छ ।
गत संस्करण क्विनसलाई उपविजेता बनाउन मुख्य भूमिका खेलेकी उनी पुनः ललितपुरमा अनुबन्ध भएकी हुन् । सान्त्रकुनले यो सिजन ललितपुरलाई उपाधि दिलाउने लक्ष्यका साथ क्लबमा अनुबन्ध भएको बताएकी छन् ।
‘अघिल्लो सिजन हामीले उपाधि जित्न सकेका थिएनौं । पहिलो सिजनमा भएको कमजोरीलाई सुधार गरी यो संस्करणमा हामी उपाधि जित्ने लक्ष्य हुनेछ,’ सान्त्रकुनले भनिन् । उनले पहिलो सिजनमा नेपालमा दर्शकहरूले धेरै माया दिएको र यो सिजन पनि धेरै माया पाउने अपेक्षा भएको बताइन् ।
सान्त्रकूनलाई पुनः आबद्ध गर्न पाउँदा ललितपुरले आफूहरू थप बलियो भएको बताएको छ । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण