भारतीय विदेश सचिव र परराष्ट्र सचिवबिच भेटवार्ता
आइतबार, ०१ भदौ २०८२, १९ : ५१
काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्र सचिव अमृत बहादुर राईसँग भेटवार्ता गरेका छन् । आइतबार बिहान मात्रै नेपाल भ्रमणमा आएका मिश्रीले आज साँझ आफ्ना समकक्षी परराष्ट्र सचिव राईसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा छलफल भएको छ । त्यस्तै पारस्परिक हितका अन्य विषयहरूमा समेत व्यापक छलफल भएको हो ।
उनले यसअघि सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग र शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलका साथै कांग्रेस सभापति शेर बहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण