भाषा र धर्मको नाममा राजनीति गर्नु हुँदैन: मुख्यमन्त्री बानियाँ
सारांश
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भाषा, धर्म र संस्कृतिको नाममा राजनीति गर्न नहुने बताए।
- उनले बागमती प्रदेश सरकार भाषा संरक्षणमा प्रतिबद्ध रहेको र तामाङ र नेवार भाषालाई प्राथमिकता दिएको बताए।
- मुख्यमन्त्री बानियाँले धर्मको वास्तविक अर्थ मानवताको सेवा भएको र भाषा, संस्कृति र परम्पराको संरक्षण सरकारको दायित्व भएको बताए।
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भाषा, धर्म र संस्कृतिको नाममा राजनीति गर्न नहुने बताएका छन् । उनले यस्ता संवेदनशील विषयलाई राजनीतिक लाभहानिको माध्यम बनाउँदा समाजमा विभाजन आउने खतरा रहेको औँल्याए ।
तामाङ पत्रकार संघद्वारा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकार भाषा संरक्षणमा प्रतिबद्ध रहेको दाबी गरे। उनले प्रदेश सरकारले तामाङ र नेवार भाषालाई प्राथमिकतामा राखेर अग्रअधिकार दिइसकेको बताए ।
'धर्मको नाममा, जातको नाममा वा भाषाको कुरा गरेर राजनीति गर्नु हुँदैन । विगतमा कसैले धर्म त कसैले जातको नाममा भ्रम सिर्जना गरे । तर अब त्यसो गर्नु उपयुक्त हुँदैन,' उनले भने, 'भाषा कुनै एक जातिको मात्र नभएर सबैका लागि ज्ञानको स्रोत हो । तामाङ भाषाको ज्ञान क्षेत्री, बाहुन, दलित सबैले लिन सक्छन् । यो ज्ञान हो, यसले सबैलाई जोड्छ । भाषा ऐन कार्यान्वयनको निर्णय कुनै जातले गरेको होइन । यो राजनीतिक रूपमा मेरो नेतृत्वको सरकारले गरेको हो ।'
उनले धर्मको वास्तविक अर्थ मानवताको सेवा भएको बताए । धर्म भनेको मानवता र न्यायको पक्षमा उभिनु रहेको उनले बताए । भाषा, संस्कृति र परम्पराको संरक्षण, जगेर्ना र प्रवर्द्धन गर्नु सरकारको दायित्व भएको र बागमती सरकारले त्यसका लागि आवश्यक कदम चालिरहेको उनको भनाई छ । कार्यक्रममा पत्रकार भुवन घलान र अर्जुन बहादुर तामाङलाई पुरस्कृत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण