भाषा र धर्मको नाममा राजनीति गर्नु हुँदैन : मुख्यमन्त्री बानियाँ
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भाषा, धर्म र संस्कृतिको नाममा राजनीति गर्न नहुने बताएका छन् ।उनले यस्ता संवेदनशील विषयलाई राजनीतिक लाभहानिको माध्यम बनाउँदा समाजमा विभाजन आउने खतरा रहेको औँल्याए ।
तामाङ पत्रकार सङ्घद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकार भाषा संरक्षणमा प्रतिबद्ध रहेको दाबी गरे। उनले प्रदेश सरकारले तामाङ र नेवार भाषालाई प्राथमिकतामा राखेर अग्राधिकार दिइसकेको बताए ।
'धर्मको नाममा, जातको नाममा वा भाषाको कुरा गरेर राजनीति गर्नु हुँदैन । विगतमा कसैले धर्म त कसैले जातको नाममा भ्रम सिर्जना गरे । तर अब त्यसो गर्नु उपयुक्त हुँदैन ।’ उनले भने, ’भाषा कुनै एक जातिको मात्र नभएर सबैका लागि ज्ञानको स्रोत हो । तामाङ भाषाको ज्ञान क्षेत्री, बाहुन, दलित सबैले लिन सक्छन् । यो ज्ञान हो, यसले सबैलाई जोड्छ । भाषा ऐन कार्यान्वयनको निर्णय कुनै जातले गरेको होइन । यो राजनीतिक रूपमा मेरो नेतृत्वको सरकारले गरेको हो ।’
उनले धर्मको वास्तविक अर्थ मानवता सेवा भएको बताए । धर्म भनेको मानवता र न्यायको पक्षमा उभिनु रहेको उनले बताए ।भाषा, संस्कृति र परम्पराको संरक्षण, जगेर्ना र प्रवर्द्धन गर्नु सरकारको दायित्व भएको र बागमती सरकारले त्यसका लागि आवश्यक कदम चालिरहेको उनको भनाई छ ।
कार्यक्रममा पत्रकार भुवन घलान र अर्जुन बहादुर तामाङलाई पुरस्कृत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण