पाकिस्तानमा वर्षा र बाढीबाट ३ सय भन्दा बढीको मृत्यु
आइतबार, ०१ भदौ २०८२, २० : १७
काठमाडौँ । उत्तर–पश्चिम पाकिस्तानको एक जिल्लामा बाढी र पहिरोबाट ३ सय बढीको मृत्यु भएको छ । त्यस्तै २ सय भन्दा बढी मानिसहरू अझै बेपत्ता रहेको एक अधिकारीले बताएका छन् ।
खैबर पख्तुनख्वा प्रान्तमा सबैभन्दा बढी मृत्यु भएको रेकर्ड गरिएको छ । बाढीले खैबर पख्तुनख्वाको बुनेर जिल्ला सबैभन्दा प्रभावित छ । यो जिल्लामा मात्रै अझै पनि कम्तीमा २०९ जना मानिस बेपत्ता रहेको र यो सङ्ख्या अरू बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
हालैका दिनमा पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त र कश्मीर प्रशासित क्षेत्रमा क्लाउड ब्रष्टका घटना देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण