सशस्त्र प्रहरी र चिनियाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भ निरीक्षण
सारांश
- सशस्त्र प्रहरी र चिनियाँ प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको किमाथाङ्का नाकास्थित सीमास्तम्भको निरीक्षण गरेको छ।
- टोलीले भोटखोला गाउँपालिका-१ अन्तर्गतका पाँच सीमास्तम्भको निरीक्षण गरेको बताइएको छ।
- किमाथाङ्का नाकामा बाढीले बगाएको सीमास्तम्भ फेला नपरेको र यहाँका बासिन्दा चीनमा रोजगारी गर्छन्।
किमाथाङ्का । सशस्त्र प्रहरी बल नेपाल किमाथाङ्का बीओपी र चिनियाँ प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकामा नेपाल–चीन सिमानामा रहेका सीमास्तम्भको निरीक्षण गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं ४ अरुण गुल्मचैनपुरअन्तर्गतको किमाथाङ्का बीओपी र चिनियाँ प्रहरीको संयुक्त टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्का चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना पर्ने नेपाल–चीन सिमानाका सीमास्तम्भको निरीक्षण गरेको हो ।
टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ अन्तर्गत रहेका पाँच सीमास्तम्भको निरीक्षण गरेको सशस्त्र प्रहरी बल नेपाल नं ४ अरुण गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलले जानकारी दिए ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बीओपी किमाथाङ्काका इन्चार्ज नवीन खतिवडाको नेतृत्वमा सात, चीनको स्वशासित क्षेत्र तिब्बतका प्रहरी नायब उपरीक्षक दावा छिरिङको नेतृत्वमा आठ तथा नेपाल प्रहरीका चार सुरक्षाकर्मी सम्मिलित संयुक्त टोलीले सीमास्तम्भ निरीक्षण गरेको हो ।
संयुक्त सुरक्षा टोलीले किमाथाङ्का नाकामा रहेका ६६, ६७, ६८/२, ६९/१ र ६९/२ नम्बरका सीमास्तम्भ, सीमाको अवस्था लगायतका विषयमा निरीक्षण तथा अवलोकन गरेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।
सङ्खुवासभामा नेपाल–चीन सीमामा २१ सीमास्तम्भ रहेका छन् । किमाथाङ्कामा नेपाल–चीन अन्तरराष्ट्रिय सीमास्तम्भ निकै पुरानो भएको बताइएको छ । गत जेठमा आएको बाढीले ७१/१ को सीमास्तम्भ बगाएको थियो । किमाथाङ्का नाकामा २०७६ सालमा सशस्त्र प्रहरी बल सीमा सुरक्षापोष्ट बिओपी स्थापना भएको हो ।
भोटखोला–१ स्थित दोङ्गोप्पाखोला र छोकाङखोलामा बाढीले बगाएको ७१/१ सीमास्तम्भ हालसम्म फेला परेको छैन । भोटखोला गाउँपालिका–१, २ र ३ छिमेकी चीनको भूभागसँग जोडिएका छन् । यस क्षेत्रमा करिब पाँच हजार बासिन्दाको बसोबास रहेको छ । उनीहरु सीमापारिको चाँगाबजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् ।
विसं २०३५ मा भन्सार कार्यालय स्थापित किमाथाङ्का नाका द्वन्द्वलगायत कारणले २०५७ देखि सदरमुकाम खाँदबारीमा सारिएको थियो । खाँदबारीदेखि किमाथाङ्का १६२ किलोमिटरको दूरीमा पर्दछ । यहाँ अझै पनि सडक सुविधा छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण