प्रिमियर लिग
प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात, युनाइटेड पराजित
आइतबार, ०१ भदौ २०८२, २३ : १६
सारांश
- आर्सनलले प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडलाई १-० गोलले हरायो।
- रिकार्डो क्यालाफियोरीले १३औँ मिनेटमा निर्णायक गोल गरे।
- युनाइटेडको घरेलु मैदानमा भएको खेलमा आर्सनल विजयी भयो, र पहिलो खेलबाट ३ अङ्क जोड्यो।
काठमाडौँ । आर्सनलले प्रिमियर लिगमा फुटबाल विजयी सुरुवात गरेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई १–० गोल अन्तरले हराएको हो ।
युनाइटेडको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन रिकार्डो क्यालाफियोरीले निर्णायक गोल गरे ।
क्यालाफियोरीले खेलको १३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
त्यसपछि युनाइटेडले गोल फर्काउन नसक्दा आर्सनलले सिजनको पहिलो जित निकालेको हो ।
जितसँगै आर्सनलले पहिलो खेलबाट ३ अङ्क जोडेको छ । पराजित युनाइटेडले हारबाट सिजनको सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण