शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

पाकिस्तानको शाङ्गला जिल्लामा बाढीः एकै गाउँका २० सहित ३६ जनाको मृत्यु

सोमबार, ०२ भदौ २०८२, ११ : १८
सोमबार, ०२ भदौ २०८२

इस्लामाबाद । मुसलधारे वर्षापछिको बाढीका कारण पाकिस्तानको शाङ्गला जिल्लाको ख्वर बन्द गाउँलाई तहसनहस पारेको छ । यहाँ बाढीका कारण सो गाउँमा मात्रै २० जनाको मृत्यु भएको छ । 

 शुक्रबार बिहान आएको विनाशकारी बाढीमा परेर पाँच जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अचानक आएको बाढीमा परेर जिल्लाभरमा कुल ३६ जनाको मृत्यु भएको छ ।

 हालैका दिनमा मुसलधारे वर्षा र बाढीले पाकिस्तानमा सयौंको मृत्यु भएको छ । क्लाउड ब्रष्टको चपेटामा आएको खैबर पख्तुन्ख्वा प्रान्तमा ३२३ जनाको मृत्यु भएको समाचार आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप