६ जना मृतावस्थामा फेला
सारांश
- रुपन्देही, नवलपरासी पूर्व, सिन्धुली, पाल्पा, ओखलढुंगा र कञ्चनपुरमा विभिन्न व्यक्तिको मृत शरीर फेला परेको छ।
- प्रहरीका अनुसार, मृत्यु हुनेमा ४२ वर्षीय किरण थारु, १० वर्षीय बालक, १२ वर्षीय मिलन घिसिङ, ६५ वर्षीय भीम बहादुर गुरुङ, ६२ वर्षीय चुकेन्द्र बुढा मगर र ६० वर्षीय मोहन डगौरा रहेका छन्।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
काठमाडौं । देशका विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् ।
प्रहरीको केन्द्रीय समाचार कक्षको बुलेटिनका अनुसार रूपन्देहीको तिलोत्तमा नगरपालिका-७ सेमरास्थित कुलोमा सोही नगरपालिका-७ दक्षिणटोला बस्ने ४२ वर्षीय किरण थारू आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-१२ स्थित नारायणी नदी किनारमा अन्दाजी १० वर्षीय बालक आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ चौरीडाँडा बस्ने लाल बहादुर घिसिङको छोरा १२ वर्षीय मिलन घिसिङ पनि सोही ठाउँस्थित गोठमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवास्थित गुल्मेली थापा होटेलमा काम गरी बस्ने इलाम घर बताउने ६५ वर्षीय भीम बहादुर गुरूङ सोही होटलमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
ओखलढुंगाको मोलुङ गाउँपालिका-४ स्थित घट्टेखोलामा सुनकोशी गाउँपालिका-१० कटुञ्जे स्थित ससुराली घरमा बस्ने रोल्पा घर भएका ६२ वर्षीय चुकेन्द्र बुढा मगर र कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ बैबाहटोल बस्ने ६० वर्षीय मोहन डगौरा पनि मृत अवस्थामा फेला गरेको प्रहरीको भनाइ छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण