मोदीकै जन्मदिन पारेर ओली–मोदी भेट संयोग कि साइत ?
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति सेप्टेम्बर १६-१७ मा हुने सम्भावना रहेको छ ।
- ओलीले प्रधानमन्त्री भएको १३ महिनापछि भारत भ्रमणको औपचारिक निमन्त्रणा पाएका हुन् ।
- भ्रमणको ढिलासुस्तीका कारण नेपाल-भारत सम्बन्ध बिग्रिएको विपक्षीको आरोप छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण ‘खुला रहस्य’जस्तै भइसकेको छ । दुवै मुलुकले औपचारिक रूपमा भ्रमणको मिति सार्वजनिक नगरे पनि नेपाली र भारतीय मिडियामा भ्रमणको सम्भावित तालिका सार्वजनिक भइरहेको छ ।
दुवै मुलुकका मिडियाले आ–आफ्ना स्रोतबाट प्राप्त सूचनालाई आधार बनाएर ओलीको भारत भ्रमण सेप्टेम्बर १६–१७ अर्थात् भदौ ३१–असोज १ गतेसम्म हुने जनाएका छन् । भ्रमणका तयारी, निम्तिन सक्ने सम्भावित परिस्थिति लगायतलाई ध्यानमा राखेर यस्ता मिति सार्वजनिक गर्न नहतारिने कूटनीतिक अभ्यास विश्वव्यापी छ । सोही कारण पनि दुवै मुलुकले भ्रमणको मिति अहिले नै औपचारिक रूपमा सार्वजनिक नगरेका हुन सक्छन् ।
अहिले मिडियामा आएकै मिति अर्थात् सेप्टेम्बर १६–१७ मा ओलीको भारत भ्रमण हुने हो भने त्यो समय निकै खास एवं महत्त्वपूर्ण हुनेछ । किनकि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन सेप्टेम्बर १७ मै पर्दछ र सार्वजनिक भएका सूचना अनुसार त्यही दिन नै उनले नेपालका समकक्षी ओलीसँग भारतको बोधगयामा भेटवार्ता गर्ने तयारी छ ।
ओली प्रधानमन्त्री भएको करिब १३ महिनापछि भारत भ्रमणको औपचारिक निमन्त्रणा पाएका हुन् । भारतका विदेश सचिव विक्रम मिस्रीले नेपाल भ्रमणका क्रममा आइतबार ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको लामो समयसम्म भारत भ्रमण गर्न नसकेको भन्दै विपक्षीले ओलीको आलोचना गर्दै आएका थिए । भ्रमणका लागि भएको ढिलासुस्तीकै कारण कतिपयले नेपाल–भारत सम्बन्ध बिग्रिँदै गएको उदाहरणका रूपमा समेत व्याख्या गरेका थिए ।
ओलीको भारत भ्रमण हुने लगभग निश्चित भइसकेको छ र सम्भावित तालिकासमेत विभिन्न स्रोतमार्फत सार्वजनिक भएको छ । जसअनुसार भारतीय प्रधानमन्त्री मोदीकै जन्मदिन पारेर ओलीको भ्रमण हुन लाग्नु संयोगमात्र हो या साइत नै यस्तै जुरेको हो भन्नेबारे अब स्वाभाविक रूपमा चर्चा हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण