गुप्तचर प्रमुख थापा यसै महिना अवकाशमा जाँदै, को–को छन् नयाँ प्रतिस्पर्धी ?
सारांश
- राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा भदौ २८ गते अवकाशमा जाँदैछन्।
- थापाको अवकाशपछि ओम प्रकाश जोशी र टेकेन्द्र कार्की मध्ये एक जना नयाँ प्रमुख बन्ने सम्भावना रहेको छ।
- विभागले सूचना सङ्कलन गरी राज्यका महत्त्वपूर्ण निकायहरूलाई साप्ताहिक रूपमा सिलबन्दी रिपोर्ट बुझाउँछ।
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा अवकाशमा जान लागेका छन् । मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधि पूरा गरेर उनी भदौ २८ बाट अनिवार्य अवकाशमा जान लागेका हुन् । थापा २०७९ भदौ २८ मा गुप्तचर प्रमुखमा नियुक्त भएका थिए ।
२०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका थापाकै ब्याचमेटहरु नयाँ गुप्तचर प्रमुख हुने लाइनमा छन् । आफ्ना ब्याचमेट ओम प्रकाश जोशीलाई पछाडि पारेर थापा विभागको प्रमुख बनेका थिए । तिनै जोशी ३ वर्षपछि प्रमुख हुने प्रतिस्पर्धामा छन् । जोशी अहिले प्रशासन विभागको प्रमुख छन् । उनी थापाको अवकाशपछि मुख्य अनुसन्धान निर्देशक हुने दौडमा लागेका छन् ।
अर्का अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि प्रमुखको दाबेदार हुन् । उनीहरू दुवै जना हुतराज थापासँगै राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेका थिए । कार्कीले अहिले प्रदेश समन्वय विभाग र इन्टेलिजेन्सको नेतृत्व गरिरहेका छन् ।
मुलुकभर राष्ट्रिय अनुसन्धान विभागको संरचना छ । सिंहदरबार परिसरमा विभागको मुख्यालय छ । विभागका २ हजार २६५ जना कर्मचारी र एजेन्टहरूलाई सूचना सङ्कलन गर्ने जिम्मेवारी दिइएको हुन्छ । जिल्ला इन्चार्ज र केन्द्रमा विभागीय प्रमुखले तोकेको ‘एजेन्ट’हरुले पनि विभागलाई सूचना उपलब्ध गराउँछन् ।
अतिरिक्त मुख्य अनुसन्धान निर्देशकद्वय जोशी र कार्की सँगै विभागमा ९ जना अनुसन्धान निर्देशक छन् । अनुसन्धान निर्देशकहरू ७ वटा प्रदेश, उपत्यकामा र प्रशासन विभागमा छन् । सह–अनुसन्धान निर्देशक ११ जना छन् । काठमाडौँ, ललितपुर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र हेटौँडा स्थित इन्टेलिजेन्स शिक्षालयमा सह अनुसन्धान निर्देशकले कमान्ड गर्छन् ।
उपअनुसन्धान निर्देशक ५३ जना र प्रमुख अनुसन्धान अधिकृत ९० जना छन् । अनुसन्धान अधिकृतहरू १६० जना छन् । विभागमा कार्यरत कर्मचारीहरूले ६ महिनाको तालिम लिएका हुन्छन् । हेटौँडा, नेपाल प्रहरी एकेडेमी र सशस्त्र प्रहरीको मातातीर्थस्थित एकेडेमीमा उनीहरूलाई तालिम गराइन्छ । उनीहरूले साना हतियार र एसएलआर समेत चलाउने तालिम लिन्छन् ।
देशभरबाट सङ्कलन हुने सूचना र विश्लेषण सिलबन्दी गरेर विभागले राज्यका महत्त्वपूर्ण निकायहरूलाई दिँदै आएको छ । विभागले सिलबन्दी रिपोर्ट साप्ताहिक रूपमा बुझाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण