घुससहित पक्राउ परेका कैलालीका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर
सारांश
- अख्तियारले कैलालीका वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
- यादवले सेवाग्राहीसँग घाटगद्दीको काठको छोडपूर्जीका लागि ७ लाख ३१ हजार घुस लिएका थिए।
- अख्तियारको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएर मुद्दा दायर गरेको हो।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
कैलाली जिल्ला चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको बिमार्का तथा छोडपूर्जीको लागि सेवाग्राहीसँग सात लाख ३१ हजार रुपैयाँ घुस लिएको पुष्टि भएसँगै सोमबार आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
उक्त रकम लिइसकेको अवस्थामा यादवलाई अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो।
अनुसन्धानपछि यादवले सेवाग्राहीसँग मागअनुसार रकम लिएको प्रमाणित भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
आरोपपत्रमा यादवलाई बिगोबराबरकै जरिवाना र कैद सजायको माग गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण