नयाँ डिजीकाे आगमनसँगै सिंहदरबार पस्यो वाणिज्य विभाग
सोमबार, ०२ भदौ २०८२, १८ : ५०
काठमाडौँ । नयाँ महानिर्देशक (डिजी) को आगमनसँगै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारको क्यान्टिनमा अनुगमन गरेको छ । विभागको महानिर्देशकमा नियुक्त भएका राेशन ज्ञवाली सोमबारदेखि विभागमा हाजिर भएका छन् ।
सोमबार अनुगमका क्रममा नेपाल टेलिभिजनको क्यान्टिनलाई जरिवाना गरिएको छ । उक्त क्यान्टिन दर्ता अनुमतिपत्र तथा मूल्य सूची लगायतका कुनै पनि कागजात नराखी सञ्चालन गरेको पाइएपछि ५१ हजार रुपैयाँ जरिवाना गरिएको विभागका निरीक्षण अधिकृत अमितकुमार झाले जानकारी दिए ।
‘मूल्य सूची दर्ता प्रमाणपत्र केहि पनि राखेकै छैन,’ उनले भने,‘पहिलो पटक एकदमै न्यूनतम जरिवाना तिराएका हौँ ।’यस्तै विभागको टोलीले महाबौदको एक कस्मेटिक पसलमा अनुगमन गरेको थियो । उक्त पसललाई सामान्य निर्देशन दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण