बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
ट्रम्प-जेलेन्स्की वार्ता

जेलेन्स्कीसँगको वार्ता पछि ट्रम्पले आजै पुटिनलाई फोन गर्ने

सोमबार, ०२ भदौ २०८२, २३ : ४६
सोमबार, ०२ भदौ २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँगको भेटवार्ता पछि फोनमा कुरा गर्ने बताए।
  • ट्रम्पले तीन पक्षीय बैठक हुनसक्ने वा नहुन सक्नेबारे बुझ्ने उल्लेख गरे।
  • बैठक नभए लडाइँ जारी रहने र बैठक भए युद्ध अन्त्यको मौका मिल्ने ट्रम्पको भनाइ छ।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पुटिनसँगको छलफलबाट कुनै असन्तुष्टि भए/नभएको पत्रकारको प्रश्नमा प्रतिक्रिया दिँदै आज भेटवार्ता सकिएपछि पुटिनलाई फोन गर्ने बताएका छन्।

ट्रम्पले भने, “मैले उनीसँग अप्रत्यक्ष रूपमा कुरा गरेँ, र आजको मेरो भेटवार्ता सकिएपछि उनीसँग फोनमा कुरा गर्नेछु।” उनले तीन पक्षीय बैठक हुनसक्ने वा नसक्ने बारे बुझ्ने उल्लेख गरे।

ट्रम्पका अनुसार, यदि बैठक हुँदैन भने लडाइँ जारी रहन्छ। तर बैठक भए युद्ध अन्त्य गर्ने राम्रो मौका खुल्न सक्ने उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप