माओवादीको पदाधिकारी बैठक बस्दै, के–के छन् छलफलका एजेन्डा ?
मङ्गलबार, ०३ भदौ २०८२, १० : १२
सारांश
- माओवादी केन्द्रको पदाधिकारी बैठक आज पेरिसडाँडामा बिहान ११:३० बजे बस्दैछ।
- बैठकमा समसामयिक राजनीति, नेताहरूको कार्यविभाजन, पार्टी एकता लगायतका विषयमा छलफल हुनेछ।
- विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने र नेकपा (एकीकृत समाजवादी)सँग छलफल गर्ने निर्णय भएको थियो।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडाडामा बिहान ११ः३० बजे बस्ने सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीति, नेताहरूको कार्यविभाजन, पार्टी एकता, स्थगित भएको जागरण अभियान सञ्चालन, संसदमा विचाराधीन विधेयक अगाडि बढाउन भइरहेको ढिलाइ लगायत विषयमा छलफल हुनेछ ।
माओवादीको पछिल्लो स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । नेकपा (एकीकृत समाजवादी)सँग एकताका लागि छलफल भइरहेको बताएको थियो । पार्टीभित्र देखिएको अन्तरविरोध हल गर्न गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण